|  

सत्ता गठबन्धनको कार्यदल बैठक आज बस्दै

२० भाद्र २०७९, सोमबार ०७:५० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । सत्ता गठबन्धनको कार्यदल बैठक आज बस्दै छ । आगामी संसदीय निर्वाचनका लागि गठबन्धन दलबीच सिट बाँडफाँटको जिम्मा पाएको कार्यदलको बैठक आज दिउँसो १ बजे बस्ने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने समेत कार्कीले जानकारी दिए ।

आइतबार (हिजो) पनि सत्ता गठबन्धन र कार्यदलको बैठक बसेको थियो। तर ठोस सहमतिमा पुग्न सकेन।

गठबन्धनमा रहेका दलहरुले आफ्नो दाबी नछाडेपछि कार्यदलले सिट बाँडफाँट टुंगोमा पुर्याउन नसकेको हो । कार्कीका अनुसार अब दुई दिनभित्रमा सिट बाँडफाँट टुंगिने गरी छलफल भइरहेका छन्।
कार्यदलले सबैलाई न्यायोचित हुनेगरी सिटको प्रस्ताव गरेर शीर्ष नेताहरु प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

२० भाद्र २०७९, सोमबार ०७:५०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस