|  

रेडक्रस धादिङले स्थानीय तहका जनप्रतिनिधिलाइ सम्मान गरेकाे छ

२० भाद्र २०७९, सोमबार ०८:०१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाले रेडक्रसको सदस्य भई स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित धादिङ जिल्लाका जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरेको छ ।
रेडक्रस सोसाइटीको ६० औँ स्थापना दिवशको अवशर पारी आइतवार रेडक्रसका सदस्य रहेका जिल्लाका १३ वटै पालिकामा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको हो ।
रेडक्रस धादिङका सभापति नारायण तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद जगत सिंखडाको प्रमुख आतिथ्य, जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारीको विशेष आतिथ्य रहेको थियो भने धुनिबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, रुविभ्याली गाउँपालिका अध्यक्ष, रामसिं तामाङ, नेत्रावती गाउँपालिका अध्यक्ष मेगनाथ रिजाल, गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, खनियाबास गाउँपालिका उपाध्यक्ष सेकेमान तामाङ लगायतका जनप्रतिनिधिहरुको आतिथ्य रहेको थियो । परोपकारी संस्थाका रुपमा स्थापना भएको नेपाल रेड्क्रस सोसाइटीले हालसम्म गर्दै आएको सामाजिक तथाा परोपकारी कार्यहरुका साथै बिपतजन्य अवस्थामा रहेका स्थान र बिपदबाट जोखिम मोलिरहेका मानिसहरुलाई रेडक्रसले गरेको सहयोगका बारेमा चर्चा गरिएको थियो ।
हाल नेपाल रेडक्रसको ७ प्रदेश ७७ जिल्लामा साखा र एक हजार ६०० उपशाखा रहेको छ ।

२० भाद्र २०७९, सोमबार ०८:०१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस