|  

नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिँदै

५ भाद्र २०८०, मंगलवार ०७:२६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । सोमबार प्रधानन्यायाधीशमा नियुक्त भएका श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।
आज दिउँसो १ः४५ बजे श्रेष्ठले शपथ लिने कार्यक्रम रहेको राष्ट्रपति रामचन्द्र पौडेलको निजी सचिवालयले जानकारी दिएको छ ।

संवैधानिक परिषद्को सिफारिसमा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए ।

उनलाई संविधानको धारा १२९ को उपधारा (२) बमोजिम प्रधानन्यायाधीशमा नियुक्त गरिएको हो ।

५ भाद्र २०८०, मंगलवार ०७:२६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस