|  

बेनिघाट रोराङ गाउँपालिकाकाे प्राविधिकका विद्यार्थीलाई ६ लाख ९० हजार बराबरको क्षात्रवृत्ति

९ माघ २०८०, मंगलवार ०८:३१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङको बेनिघाट रोराङ गाउँपालिकाले प्राविधिक धार तर्फ अध्ययन गर्ने विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ । गाउँपालिका भित्रका ३१ जना विद्यार्थीलाई ५० हजार, ३० हजार र २० हजारका दरले वितरण गरेको गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया विवेकले जानकारी दिनु भयो ।
सोमबार गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया विवेकद्धारा सिमान्तकृत प्रोत्साहन छात्रवृति मार्फत गाउँपालिका भरिका ३१ जना विद्यार्थीलाई अभिभावकको साथमा राखि ६ लाख नब्बे हजार बराबरको रकम चेक मार्फत हस्तान्रण गरेको हो । स्वास्थ्य चिकित्सक विधा, कृषि वाली विज्ञान, डिप्लोमा शिभिल ईन्जिनियर,फिजियो थेरापी लगायतका क्षेत्रमा अध्ययन गरिरहेका विद्यार्थीले छात्रवृत्ति पाएका हुन् ।
कार्यक्रममा उपाध्यक्ष टाप बहादुर श्रेष्ठ,प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरे,शिक्षा शाखा अधिकृत बोधराज पाठक,विभिन्न वडाका वडा अध्यक्ष, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।

९ माघ २०८०, मंगलवार ०८:३१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस