|  

देउवाले बोलाए संसदमा रहेका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक, के छ एजेण्डा ?

२९ फाल्गुन २०८०, मंगलवार ०७:५९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


फागुन २९, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा रहेका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।

बैठक दिउँसो तीन बजे देउवा निवास बूढानीलकण्ठमा बस्नेछ । संसदमा कांग्रेसले कस्तो भूमिका निभाउने भन्ने बारेमा बैठकमा छलफल हुने कांग्रेसले जनाएको छ । सत्ता गठबन्धन परिवर्तन भएपछि सक्रिय भएका सभापति देउवाले पटकपटक बैठक र छलफल गरिरहेका छन् ।

२९ फाल्गुन २०८०, मंगलवार ०७:५९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस