|  

शिक्षिकाविरुद्ध विशेष अदालतमा मुद्दा दायर, शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोप

२९ फाल्गुन २०८०, मंगलवार १५:१२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाल मन्दिर माध्यमिक विद्यालय तनहुँकी शिक्षिका सुनिता उपाध्याय पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर नियुक्ति लिएको आरोपमा व्यास नगरपालिका तनहुँमा कार्यरत पौडेलविरुद्ध मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनले हाइस्कूल तहको नक्कली प्रमाणपत्र पेश गरी प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा नियुक्ति लिएकी थिइन् ।

२९ फाल्गुन २०८०, मंगलवार १५:१२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस