|  

त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा आज पिएनजीसँग भिड्दै नेपाल

३० फाल्गुन २०८०, बुधबार ०६:३० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


फागुन ३०, काठमाडौँ । नेपालले आज हङकङमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० सिरिजको फाइनल खेल्दैछ । मंगलबार मात्र ८५ रनले हराएको पपुवा न्युगिनी पिएनजीसँग बुधबार नेपालले फाइनल खेल्न लागेको हो ।

मङ्गलबार भएको लिग चरणको दोस्रो खेलमा पिएनजीले घरेलु टोली हङकङलाई १० विकेटले हराउँदै फाइनल पुगेको हो ।
मङ्गलबार नै भएको पहिलो खेलमा नेपालले पिएनजीलाई ८५ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

शीर्षस्थानमा रहेको नेपालले दुई खेलबाट तीन अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको पिएनजी दुई अङ्कसहित फाइनल पुगेको हो । आयोजक हङकङ एक अङ्कसहित अन्तिममा छ । आइतबार भएको नेपाल र हङकङको पहिलो खेल वर्षाले प्रभावित भएपछि अंक बाँडिएको थियो ।

नेपाल र पिएनजी बिचको फाइनल प्रतिस्पर्धा बुधबार बिहान ११ बजेर ४५ मिनेटमा हङकङको मोङ कोक मैदानमा हुनेछ ।

३० फाल्गुन २०८०, बुधबार ०६:३०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस