|  

धनकुटामा भ्यान र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु, २ जना घाइते

३० फाल्गुन २०८०, बुधबार ०८:५२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


फागुन ३०, काठमाण्डौँ । धनकुटाको साँगुरीगढी गाउँपालिका–७ मा मंगलबार साँझ दुई सवारी साधन आपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना सिकिस्त घाइते भएका छन् । प्रहरीका अनुसार धरानबाट धनकुटा गइरहेको को १ च ३२८० नम्बरको भ्यान र विपरीत दिशाबाट गइरहेको को ३३ प ८३५७ नम्बरको मोटरसाइकल जुधेका थिए ।

दुर्घटनामा मोटरसाइकको पछाडि बसेका धनकुटा, साँगुरीगढी–६ का २५ वर्षीय विवश तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक स्थानीय २२ वर्षीय अभिषेक राई र भ्यान चालक २८ वर्षीय तुलबहादुर राई घाइते भएका छन् ।घाइतेहरुको धरनस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

३० फाल्गुन २०८०, बुधबार ०८:५२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस