|  

कुमारी बैंकले सार्वजनिक गर्‍यो नयाँ ब्याजदर, मुद्दती निक्षेपमा कति पाइन्छ ?

३० फाल्गुन २०८०, बुधबार ०९:११ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


फागुन ३०, काठमाण्डौँ । कुमारी बैंक लिमिटेडले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगततर्फ मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएको छ भने संस्थागततर्फ भने बढाएको छ ।

चैत महिनाका लागि बैंकका ग्राहकहरुले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ७.५१ प्रतिशत ब्याजदर पाउने छन् । फागुन महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.०१ प्रतिशत ब्याजदर कायम गरेको थियो ।

चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ बैंकका ग्राहकले ३ महिना अवधिका लागि ६.१० प्रतिशत,३ महिनादेखि ६ महिना अवधिका लागि ६.५१ प्रतिशत,६ महिनादेखि १ वर्षसम्मका लागि ७.१० प्रतिशत र १ वर्ष अवधिका लागि ७.१० प्रतिशत ब्याजदर पाउनेछन् ।

 

३० फाल्गुन २०८०, बुधबार ०९:११  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस