|  

सुनचाँदीको भाउ घट्यो

३० फाल्गुन २०८०, बुधबार १२:४६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । आइतवार भाउ बढेर रेकर्ड बनाएको सुन आज तोलामा एक हजार रुपैयाँले घटेको छ । आइतवार तोलाको एक लाख २६ हजार रुपैयाँ पुगेर अहिलेसम्मकै उच्च भएको थियो ।

अस्ति सोमवार र हिजो मंगलवार आइतबारकै भाउमा कारोबार भएको सुन आज तोलामा एक हजार रुपैयाँ घटेर एक लाख २५ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको शुक्रवार सुनको भाउ तोलाको एक लाख २५ हजार रुपैयाँ थियो ।

आज चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदीको भाउ प्रतितोला एक हजार चार सय ६५ रुपैयाँ तोकिएको छ ।

 

३० फाल्गुन २०८०, बुधबार १२:४६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस