|  

रुसमा विमान दुर्घटना,१५ जनाको मृत्यु

३० फाल्गुन २०८०, बुधबार १२:५१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । रुसमा कार्गो विमान दुर्घटना हुँदा विमानमा रहेका सबै १५ जनाको ज्यान गएको छ । विमान उड्ने क्रममा एउटा इन्जिनमा आगो लागेको थियो । इन्जिनमा आएको खराबीका कारण टेक अफको समयमा विमान दुर्घटना भएको रुसी रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।

विमानमा आठ जना चालक दलका सदस्य र अरु ७ जना गरी १५ जना सवार थिए । दुर्घटना रुसको राजधानी मस्कोबाट झण्डै २ सय ५० किलोमिटर पूर्वमा रहेको इभानोभो क्षेत्रमा हिजो भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 

३० फाल्गुन २०८०, बुधबार १२:५१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस