|  

नयाँ गठबन्धनको न्युनतम साझा कार्यक्रम आज सार्वजनिक हुन्छ : प्रधानमन्त्री दाहाल

३० फाल्गुन २०८०, बुधबार १२:५८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ सत्ता गठबन्धनको न्युनतम साझा कार्यक्रम आज बुधबार सार्वजनिक हुने बताएका छन्।

बुधवारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राष्ट्रिय समस्याको समाधानका लागि सबै एक हुनुको विकल्प नरहेको बताएका हुन्।

उनले न्युनतम साझा कार्यक्रम नै सरकार सञ्चालनको मुल आधार हुने बताए। उनले पुनःगठनसँगै पुँजीबजारमा आएको सकारात्मकताले सरकारप्रति जनअनुमोदन र समर्थन मिलेको बताए।

३० फाल्गुन २०८०, बुधबार १२:५८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस