|  

धादिङ गजुरीसहित देशभर बर्षा : चार प्रदेशमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना

१२ चैत्र २०८०, सोमबार ०७:२६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी /आज देशभर बर्षा भईरहेको छ । धादिङ सहित गजुरी, नुवाकोट, रसुवा, काठमाण्डौ लगायतका क्षेत्रमा रातीबाटै बर्षा सगसगै असिना समेत परेको छ। यो बर्षा केहि दिन जारी रहने मौसमदबिद्ले बताएका छन् ।

सोमबार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशको बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति कोशी, बागमती, मधेस र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र मधेश प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

तस्बिर:रामशरण सुबेदी

१२ चैत्र २०८०, सोमबार ०७:२६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस