|  

सामुदायिक वन संरक्षण र सम्वर्द्धनको लागि गजुरीमा अन्तरक्रिया कार्यक्रम सप्पन्न

१८ चैत्र २०८०, आईतवार १९:३४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी/गजुरी गाउँपालिकाको आयोजनामा ‘वन संरक्षण सम्वर्द्धनमा महिला पुरुषको समान सहभागीता, सुन्दर हरियाली गाउँपालिका निर्माण गजुरीको आवश्यकता भन्ने मुल नाराका साथ सामुदायिक वन संरक्षण र सम्वर्द्धनको लागि स्थानीय सरकार र सरोकारवालाहरू संग अन्तरक्रिया कार्यक्रम सप्पन्न भएको छ।

वनजङ्गल जोगाउन सबै जनता लाग्नु पर्ने र नविकरण गर्न बाकी रहेका गजुरी गाउँपालिका भित्रका ६३ सामुदायिक वन उपभोक्ता समितिलाई निर्देशन सहित प्रत्येक वडाको डाटा सङ्कलन गरेर पालिकामा बुझाउन अनुरोध गर्नु भएको हो।
वनजङ्गललाई हरियाली बनाउन कार्यक्रम संचालन गर्दै आइरहेको र बजेट समेत छुट्टाएर अघि बढ्ने बताउदै डढेलो नियन्त्रण गर्न दमकल खरिद पनि गर्न लागेको आदर्श बहुमुखी क्याम्पसको समारोहमा गजुरी गाउँपालिकाका अध्यक्ष गणेश लाल श्रेष्ठले बताउनुभयो।
नविकरण नभएका सामुदायिक वनहरुको छिटै नवीकरण गर्न जिल्ला आउन हुन समेत वन डिभिजन कार्यालयका अधिकृत बिष्णु प्र.आचार्यले समारोहमा बताउनुभयो।

गजुरी गाउँपालिका सरकार सधैं हजुरहरु सगै रहने बताउदैँ वन जङ्गललाई जोगाउन हामि सबैको जिम्मेवारी उत्तरदायित्व बराबर रहने समेत गजुरी गाउँपालिका उपाध्यक्ष शर्मिला बिसुरालले बताउनुभयो।

यस पालिकामा चितुवा,मृगहरुको सङ्ख्या अत्याधिक बढेकोले सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षहरुको गुनासो सगै उचित ब्यबस्थापनमा गजुरी गाउँपालिका र वन डिभिजन कार्यालय धादिङलाई समेत अनुरोध गरेका छ्न।

१८ चैत्र २०८०, आईतवार १९:३४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस