|  

आईपीएलमा मुम्बईको लगातार तेस्रो हार

२० चैत्र २०८०, मंगलवार ०६:३८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत्र २०, काठमाण्डौँ । इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत गए राति भएको खेलमा मुम्बई इन्डियन्स राजस्थान रोयल्ससँग पराजित भएको छ । राजस्थानले मुम्बईविरुद्ध ६ विकेटको जित निकालेको हो ।

टस जितेर पहिले फिल्डिङ रोजेको राजस्थानका बलहरूहरू उत्कृष्ट प्रदर्शन गरेका थिए । राजस्थानको कसिलो बलिङका अगाडि मुम्बई निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १२५ रनमा समेटियो ।

१२६ रनको विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले ४ विकेटको क्षतिमा १५।३ ओभरमा ४ विकेट गुमाउँदै १२७ रन बनाएर लक्ष्य पूरा गर्‍यो ।

मुम्बईका लागि इसान किसनले १६ रन जोडे भने रोहित शर्मा, नमन धिर र दिवाल्द ब्रेभिस शून्य रनमा पेभेलियन फर्किए । त्यस्तै तिलक बर्माले ३२ रन जोड्दा कप्तान हार्दिक पाण्ड्याले ३४ रन जोडे ।
यससँगै राजस्थानले आईपीएलमा लगातार ३ जित निकालेको छ भने मुम्बईले लगातार तेस्रो हार व्यहोरेको छ ।

२० चैत्र २०८०, मंगलवार ०६:३८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस