|  

टी–२० शृङ्खलामा नेपालले आज गुजरातसँग खेल्दै

२१ चैत्र २०८०, बुधबार १२:१७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । भारतमा जारी एसएमएस फ्रेन्डसिप कप टी–२० त्रिकोणात्मक शृङ्खलामा नेपालले आज गुजरातसँग खेल्दैछ । गुजरातको वापीमा रहेको साई मेघपन मैदानमा खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे शुरु हुनेछ । हिजोको खेलमा नेपालले भारतको बरोडालाई २७ रनले हराएको थियो ।

यसअघि गुजरातले बरोडालाई पाँच विकेटले हराएको थियो । नेपालले आफ्नो पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको थियो । टी–२० क्रिकेट शृङ्खलामा पर्सि शुक्रवार नेपाल र बरोडाबीच खेल हुनेछ ।

फाइनल खेल आउँदो २५ गते आइतवार हुनेछ ।

२१ चैत्र २०८०, बुधबार १२:१७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस