|  

एसएमएस फ्रेन्डसिप टी–२० कप क्रिकेट : नेपालले आज बरोडासँग खेल्दै

२३ चैत्र २०८०, शुक्रबार ०८:३४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत्र २३, काठमाडौँ । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कप क्रिकेटमा आज चौथो खेल बरोडासँग खेल्दैछ । खेल गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्सलाइफ मैदानमा दिउँसो पौन्य तीन बजेदेखि सुरु हुनेछ ।

आज तीनै खेल जितेर फाइनल पुगेको नेपाल र तीनै खेलमा पराजय भोगेर फाइनलबाटै बाहिरीसकेको बरोडाबीच लिग चरणको अन्तिम खेल हँुदैछ ।

२३ चैत्र २०८०, शुक्रबार ०८:३४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस