|  

गण्डकीमा मन्त्री परिषद् बिस्तार : चुमानलाई अर्थ र मनाङेलाई भौतिक मन्त्रालयको जिम्मा

८ बैशाख २०८१, शनिबार ११:३९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख ८, काठमाण्डौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिना विभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले आर्थिक मामिला मन्त्रालय र स्वतन्त्र सांसद राजीव गुरुङ दीपक मनाङेले भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री कार्यालयबाट जिम्मेवारी तोकिएको पत्र शनिबार बिहान प्रदेश प्रमुखको निवासमा पुगेको छ ।

यी दुवै सांसदले गत २५ चैतमा सरकार बन्दा नै मन्त्रीको शपथ लिएका थिए ।

८ बैशाख २०८१, शनिबार ११:३९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस