|  

पाकिस्तानमा भारी वर्षाका कारण ८७ जनाको मृत्यु, ८० बढी घाइते

८ बैशाख २०८१, शनिबार ११:४१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख ८, काठमाडौँ । गत हप्तादेखिको भारी वर्षाले पाकिस्तानका केही भागहरूमा विनाश जारी राख्दा कम्तीमा ८७ जनाको मृत्यु भएको छ । साथै अन्य ८० जना घाइते भएको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ । वर्षाले देशभर २ हजार ७१५ घरमा आंशिक वा पूर्ण क्षति पुगेको एनडीएमएले जनाएको छ ।

संरचना भत्किएको, चट्याङ परेर र बाढीका घटनामा अधिकांशको ज्यान गएको छ । अधिकांश क्षति र निधन देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको छ । जहाँ ३६ जनाको ज्यान गएको छ र ५३ जना घाइते भएका छन् । यस अवधिमा पाकिस्तान नियन्त्रित कश्मीरमा भारी वर्षाका कारण १५ जनाको मृत्यु भएको छ भने दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा ज्ञ११ जनाको मृत्यु भएको छ । अन्य ११ जना घाइते भएका छन् ।

८ बैशाख २०८१, शनिबार ११:४१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस