|  

नेपालमा अघि बढ्यो पेट्रोलियम भण्डारण गृह निर्माण

८ बैशाख २०८१, शनिबार १३:२८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख ८, काठमाडौँ । नेपालमा पेट्रोलियम भण्डारण गृह निर्माणको काम अघि बढेको छ । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोलामा १३ विगाह क्षेत्रमा पेट्रोलियम भण्डारण गृह निर्माण गर्न लागिएको हो ।

अहिले इजरायल र हमासबीचको जारी युद्ध त्यस क्षेत्रमा विस्तार हुन खोजिरहेको छ । इरानले केही दिनअघि इजरायलमा मिसाइल हमला गरेपछि खाडी क्षेत्रमा युद्ध विस्तार हुने आँकलन गरिएको छ ।

सोही योजना अनुसार निगमले रुपन्देहीमा खरीद गरेको जग्गामा निर्माण कार्य अघि बढाउन थालिएको हो । गत बुधबार निगमले एक औपचारिक कार्यक्रम आयोजना गरेर ‘भूमि सम्याउने तथा रिटेनिङ्ग वाल निर्माण’को आरम्भ गरेको छ ।

त्यहाँ २०८१ भित्रै पेट्रोलियम भण्डारण गृह निर्माण परियोजनाको शिलान्यास हुने आयोजना प्रमुख प्रदीपकुमार यादवले जानकारी दिए ।

८ बैशाख २०८१, शनिबार १३:२८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस