|  

एमालेले आज हिरक जयन्ती मनाउँदै

१० बैशाख २०८१, सोमबार ०७:१४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख १०, काठमाडौँ । नेकपा एमालेले आज पार्टीको हिरक जयन्ती महोत्सव मनाउँदै छ । पार्टी स्थापनाको ७५औँ वर्षको अवसरमा एमालेले हिरक महोत्सव मनाउन लागेको हो ।

एमालेले हिरक महोत्सवमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगात विभिन्न दलका शीर्ष नेताहरुलाई आमन्त्रण गरेको छ ।

१० बैशाख २०८१, सोमबार ०७:१४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस