|  

‘कम्युनिष्टको सहकार्य र एकताले देशको चुनौती सामना गर्न सकिन्छ’ : प्रधानमन्त्री दाहाल

१० बैशाख २०८१, सोमबार १०:०१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख १०, काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वामपन्थी देशभक्त तथा प्रगतिशील शक्तिहरुबीच सहकार्यका साथ सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यमा अग्रसर भइरहेको बताएका छन् । समाजवादी क्रान्तिका नायक भ्लादिमिर इल्यिच लेनिनको १५४ औं जन्म जयन्ती र नेपाल कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

‘लेनिन जयन्तीको अवसर पारेर नेपालमा आजभन्दा ७५ वर्ष पहिले २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो । वर्ग संघर्ष र अन्तरसंघर्षका अनुभव र आन्दोलनका विभिन्न आरोह अवरोहका साथ नेपालको कम्युनिष्ट आन्दोलनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्दै समाजवादको दिशा परिलक्षित गरेको छ । यसले जनवादी क्रान्तिको मूलभूत कार्यभार नेपाली विशिष्टता र मौलिकतासहित पूरा गर्दै समाजवादी क्रान्तिको आधारविन्दु निर्माण गरेको छ ।’

१० बैशाख २०८१, सोमबार १०:०१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस