|  

घट्यो सुनचाँदीको मूल्य, तोलाको कतिमा हुँदैछ कारोवार ?

१० बैशाख २०८१, सोमबार ११:२९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख १०, काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ हजार १ सय रुपैयाँले घटेर १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ ।

यस्तै, सोमबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ७ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

१० बैशाख २०८१, सोमबार ११:२९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस