|  

दुई पटक राष्ट्रपति हुँदा आफ्नो श्रीमानको हत्यारा किन खोज्नुभएन ?

१० बैशाख २०८१, सोमबार १५:२० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख १०, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता किन नलगाएको ? भन्दै एमालेसँग प्रश्न गरेका छन् ।

एमालेले आयोजना गरेको नेकपा हीरक महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसलाई गाली गरिएको भन्दै आक्रोशित हुँदै विद्यादेवी भण्डारी दुई पटक राष्ट्रपति भएको र एमालेका नेताहरु पटक पटक प्रधानमन्त्री भएपनि मदन भण्डारीको मृत्यु किन भयो भन्ने किन छानबिन नगरेको भन्दै प्रश्न गरे ।

उनले कांग्रेसलाई गाली गरेपनि यो प्रश्न एमाले तिर नै तेर्सिएको बताए ।

१० बैशाख २०८१, सोमबार १५:२०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस