|  

धादिङ गजुरी-८ मा अध्यक्ष श्रेष्ठद्वारा खानेपानी धाराको उद्घाटन, स्थानियमा खुसियाली

१० बैशाख २०८१, सोमबार १६:५३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । गजुरी गाउँपालिका वडा नम्बर ८ स्थित ठूलो बाङ्गे, सानो बाङ्गेमा निर्माण भएको खानेपानी धाराको आज उद्घाटन गरिएको छ । बागमती प्रदेश सरकारको विशेष अनुदान अन्तर्गत निर्माण भएका धाराहरुको गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले उद्घाटन गर्नुभयो ।

बागमती प्रदेश सरकारको विशेष अनुदानको एक करोड बजेटमा पल्भिस कन्ट्रक्सनले ठेक्का सम्झौता पारेको थियो । अहिले सम्झौता अनुसार काम भएको र अब पानी अभाव भएका हरेक ठाउँमा पालिकाले सहयोग गर्ने अध्यक्ष गणेशलाल श्रेष्ठले बताउनुभयो ।
घरघरमा खानेपानीको धारापुगेपछि स्थानियहरु खुसि भएका छन् ।
कार्यक्रममा अध्यक्ष गणेश लाल श्रेष्ठ, गजुरी ८ का वडा अध्यक्ष देवराज ओझा, प्राबिधिक ज्ञान नारायण श्रेष्ठ, पल्भिस कन्ट्क्क्सका सन्चालक सुनिल शर्मा लगायतको उपस्थिती रहेको थियो ।

 

१० बैशाख २०८१, सोमबार १६:५३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस