|  

अध्यक्ष श्रेष्ठद्वारा थुम्कीडाँडा माबिको अनुगमन : बिद्यार्थी भर्नादर बढाउन निर्देशन

१० बैशाख २०८१, सोमबार १७:०३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले बिद्यार्थी भर्नादर बढाउन निर्देशन दिनुभएको छ ।
गजुरी गाउँपालिका वडा नम्बर ८ स्थित थुम्कीडाँडा माध्यामिक बिधालयको अनुगमन गर्दै घरदैलो अभियान देखि अन्य कार्यक्रम गरेर भएपनि बिदालयबाट टाढा रहेका बिदार्थीहरुलाई शिक्षासम्म जोड्न आग्रह गर्नुभएको हो । अहिले सामुदायिक बिद्यालयमा बिद्यार्थीहरुको संख्या घटिरहेको अबस्थामा यस्ता अभियान चलाउन आबश्यक पनि रहेको उहाँको भनाई थियो ।

गजुरी गाउँपालिकाभरिका बिद्यालयमाहरुमा यस्ता अभियान चलाउनुपर्नेमा उहााको जोड छ । कुनै समस्या, आर्थिक अबस्था कमजोर भएका ब्यक्तिहरु छन् भने तिनीहरुलाई सहयोग गाउापालिकाले गर्ने भन्दै शिक्षाबाट भने कोहि पछाडी पर्न नहुनेमा उहाँको जोड थियो ।
अनुगमन कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष गणेश लाल श्रेष्ठ, गजुरी ८ का वडा अध्यक्ष देवराज ओझा लगायतको उपस्थिती रहेको थियो ।

१० बैशाख २०८१, सोमबार १७:०३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस