|  

गाजामा ज्यान गुमाउने प्यालेस्टिनीको सङ्ख्या ३४ हजार नाघ्यो

११ बैशाख २०८१, मंगलवार ०६:३५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । गाजापट्टीमा जारी इजरायलको आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ३४ हजार नाघेको छ ।
गाजामा ज्यान गुमाउनेको संख्या ३४ हजार १५१ पुगेको हमासशासित प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

‘इजरायली सेनाको आक्रमणमा पछिल्लो २४ घण्टामा ५४ जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै १०४ जना घाइते भएका छन्’, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । भारी बमबारी र उद्धारकर्मीको अभावका बीच केही पीडितहरू भग्नावशेषमुनि रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

इजरायलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायली सीमामा भएको हमासको आक्रमणको बदला लिन गाजापट्टीमा हमासविरुद्ध ठूलो मात्रामा आक्रमण शुरु गरेको थियो ।

 

११ बैशाख २०८१, मंगलवार ०६:३५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस