|  

गजुरी–६ बन्छेटारमा गुडिरहेको ट्रकमा आगलागी, अबस्था सामान्य बन्दै

११ बैशाख २०८१, मंगलवार ११:३१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । गुडिरहेको ट्रकमा एक्कासि आगलागी भएको छ । पृथ्बीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा आगलागी भएको हो ।

रुपन्देहीको सुनौलीबाट काठमाडौँतर्फ जाँदै गरेको ना ४ ख ८६१७ नम्बरको ट्रकमा आज विहान आगलागी भएको हो ।

ओषधीका केमिकलहरु एकापसमा ठोक्किएर आगलागी भएको ट्रक चालक सुशील बिकको भनाई छ । अहिले अबस्था सामान्य बन्दै गएको गजुरी प्रहरीले जनाएको छ ।

 

११ बैशाख २०८१, मंगलवार ११:३१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस