|  

खुमन अधिकारी र शिलु भट्टराई को तिज गित ‘ल्याप्छे’ सार्वजनिक, भिडियो हेेेर्नुहोस्

३० असार २०७६, सोमबार ०८:१७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ – गायिका शिलु भट्टराईको यस बर्षको पहिलो तिज गीत ‘ल्याप्चे’ सार्वजनिक भएको छ । गायक खुमन अधिकारीको शब्द र लय सृजनामा शिलु भट्टराई र खुमन अधिकारीको युगल आवाजमा रहेको ‘ल्याप्चे’ भिडियो सहित तिर्सना म्युजिकको युटुव च्यानल मार्फत सार्वजनिक भएको हो ।

बिनोद बाजुरालीको संगीत संयोजन रहेको यस गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । आधुनिक श्रीमती र पुरानो सोचका श्रीमान बिचको भिन्ना भिन्नै सोच र रुचिका कारण परेको समस्यालाई कलात्मक रुपमा चित्रण गरिएको यस गीतमा महेन्द्र गौतम र अनु पराजुलीको अभिनय रहेको छ । ‘ल्याप्चे’ गीत राजेश घिमिरेको छायांकन र बिष्णु शर्माको सम्पादनमा बजारमा आएको हो ।

गायिका शिलुको भट्टराईको आवाजमा रहेका गीतहरु पछिल्लो समय दर्शक स्रोताले अत्याधिक मन पराउँदै आएका छन् । गतसाल पनि उनका थुप्रै तीज गीतले राम्रो सफलता पाएका थिए । सनिवार सार्वजनिक गरेको उक्त गीत खुमन ले हटाएर फेरी अपलोड गरेका छन ।
भिडियो हेेेर्नुहोस् :

३० असार २०७६, सोमबार ०८:१७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस