|  

रमिलाको ‘पशुपति’ ट्रेण्डिङमा ! चर्चामा खुमन र सुरक्षाको केमेष्ट्री

१० श्रावण २०७६, शुक्रबार २२:४५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गायिका रमिला न्यौपाने र खुमन अधिकारीको यसबर्षको तीज गीत ‘पशुपति’ सार्वजनिक भएको छ ।लोकप्रिय गायक खुमन अधिकारी र गायिका न्यौपानेको आवाज रहेको गीतमा बन्दना पाण्डे, साया पाण्डे, राजेन्द्र बाजुरालीले कोरस स्वरमा साथ दिएका छन् ।

बाबुराम बोहराको शब्दमा खुमनको संगीत रहेको छ । प्रकाश भट्टको निर्देशनमा तयार पारिएको गीतको भिडियोमा नायिका सुरक्षा पन्त र खुमन अधिकारीले अभिनय गरेका छन् । यो समाचार तयार पार्दाको समयमा गीत युट्युवको ट्रेण्डिङमा पर्न सफल भएको छ ।

यसअघिका बर्षमा ‘आजत भेट्न आउदिन है कालू’ ‘मेरो त मायाले काठमाडौंमा ट्याक्सी चलाउने’ ‘पंखा चलाइदेउ’ लगायत चर्चित तीज गीतहरुको सफलतासंगै रमिलाको यस बर्षको तीज गीत ‘पशुपतिमा’ बोलको गीत सार्वजनिक भएको हो ।
भिडियो हेर्नुहोस……

१० श्रावण २०७६, शुक्रबार २२:४५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस