|  

नुवाकोटे सञ्चारकर्मी महेन्द्र अधिकारी को तिज गित बजारमा, भिडियो सहित

१८ श्रावण २०७६, शनिबार २१:२० प्रकाशित
प्रदेश हव न्युज डेक्स


धादिङ, साउन १८
हिन्दु नारिहरु को महान चाड हरितालिका तिज नजिकिए सङ्गै नेपाली साङ्गितिक बजार मा तिजका विभिन्न गित सार्वजनिक हुन थालेका छन।
यसै बिच सन्चारकर्मी महेन्द्र अधिकारीको “दुखी कर्म” नामक गित डिजिटल बजारमा म्युजिक भिडियो सहित सार्वजनिक भएको छ। नुवाकोटको बेलकोट गढी घर भै हाल सन्चार क्षेत्रमा काम गर्दै गर्दा साङ्गितिक क्षेत्रमा प्रबेश गरेका अधिकारीले विभिन्न किसिमका गीत सङ्गितमा प्रस्तुती दिदै आएका छन।

उनको उक्त तीज गीत मा रुपेश भट्ट,महेन्द्र अधिकारी,लक्ष्मी सिमाली र अन्जु राइको संयुक्त आवाज सुन्न सकिन्छ।
जसमा रोशन गुरुङको सङ्गित रहेको छ भने लक्ष्मी सिमालीको शब्द रहेको छ। मिलन श्रेष्ठको निर्देशनमा बनेको उक्त म्युजिक भिडियोलाई मिलन फिल्मस् प्रोडक्सन् प्रा.लि.ले उत्पादक/वितरण गरेको छ।

मरुभूमि नारायण द्वारा छयांकन र रोशन धिताल द्वारा सम्पादन गरिएको उक्त गित को म्युजिक भिडियोमा
शोभा त्रिपाठी, बिष्णु खाती र सर्मिला शर्माले अभिनय देख्न सकिन्छ।
भिडियो हेर्नुहोस…..

१८ श्रावण २०७६, शनिबार २१:२०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस