|  

विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइँदै

३ आश्विन २०७६, शुक्रबार ०७:४१ प्रकाशित
प्रदेश हव न्युज डेक्स


असोज ३, काठमाण्डौ
संविधानसभाबाट नयाँ संविधान जारी भएको शुक्रबार चार वर्ष पूरा भएको छ ।

२०७२ साल असोज ३ गते संविधान जारी भएको थियो । संविधान जारी भएको दिनको सम्झना गर्दै केन्द्र, प्रदेश र पालिकामा विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ ।

संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोह समितिले विशेष समारोह आयोजना गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेनुभएको यो समितिले आयोजना गरेका कार्यक्रममा राष्ट्रपतिलगायत विभिन्न विशिष्ठ व्यक्तिहरुको उपस्पिति रहनेछ ।

नयाँ संविधानले नेपाललाई विश्वमा नै सहभागितामूलक लोकतान्त्रिक देशको परिचय दिएको छ । गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता र सामाजिक न्याय नेपालको संविधानका मूलभूत विशेषता हुन् ।

यद्यपि संविधानका अन्तरबस्तुका विषयमा असहमति जाहेर गरेर मधेसवादी दलहरु निरन्तर आन्दोलनमा छन् । यो संविधानमा असहमति जनाउने वा संशोधनको माग गर्नेहरु पनि रहेका छन् ।

 

३ आश्विन २०७६, शुक्रबार ०७:४१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस