|  

संविधान दिवसको अवसरमा गजुरिमा प्रभात फेरि कार्यक्रम सम्पन्न

३ आश्विन २०७६, शुक्रबार १५:१९ प्रकाशित
भुवन भण्डारी


असोज ३, धादिङ
गजुरी गाउँपालिकाको अायाेजना मा संविधान दिवस को अबसरमा शुक्रबार प्रभात फेरि कार्यक्रम सम्पन्न भएको छ।
प्रभात फेरि गजुरि गाउँपालिका कार्यालय बाट शुरु गरि गजुरि बजार परिक्रमा गरि गाउँपालिका भवनमा गएर कार्यक्रम समापन भएको थियोे। गजुरि गाउँपालिकाको अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत को अध्यक्षता मा कार्यक्रम सम्पन्न भएको हो।

प्रभात फेरि कार्यक्रम मा संविधान नेपाल को मुल कानुन हो, संविधान दिवस सबै नेपालीको साझा दिवस हो, संविधान कार्यान्वयन प्रतिबद्दत छौ, नेपालको संविधान विश्वकै महान् , नेपालको संविधान जनताको वलिदान लगाएतको नाराहरु लगाइएको थियोे ।
कार्यक्रम को अवसरमा ज्ञात अज्ञात सहिद हरु प्रती सम्झना साथै जनयुद्ध मा घाइते भएका गजुरि गाउँपालिका वडा नं २ का केशर मिजार लाई सम्मान गरिएको थियोे ।

कार्यक्रम मा ८ वटै वडाका वडा अध्यक्ष , इलाका प्रहरि कार्यालय गजुरिका प्रमुख, जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख, नेकपा गजुरि गाउँपालिका अध्यक्ष, नेपाली काङ्ग्रेस गजुरि गाउँपालिका सभापति, सहकारी , महिला सञ्जाल , बाल सञ्जाल हरुको अातिथ्यता रहेको थियोे । त्यस्तै नेपाल प्रहरी , ट्राफिक प्रहरी , सहकारी ,महिला समुह , राष्ट्रिय बाणिज्य बैंक , गजुरि अस्पताल ,सीप विकास तालिम केन्द्र,विद्यालयका शिक्षक, लगाएत को नागरिक समाजहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रम समापन चरणमा गजुरि गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत ले नेपाल को संविधान निर्माण मा जनताको वलिदान को उच्च मुल्यांकन गर्दै ज्ञान अज्ञात सहिद प्रती सम्मान प्रकट गरि संविधान कार्यान्वयनमा प्रतिबद्द रहेको बताउनु भयो ।

 

 

३ आश्विन २०७६, शुक्रबार १५:१९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस