|  

लोकगायिका रमिलालाई सगरमाथा म्युजिक अवार्ड

११ आश्विन २०७६, शनिबार ०७:४१ प्रकाशित
प्रदेश हव न्युज डेक्स


काठमाडौं,
विहिबार सम्पन्न दोस्रो सगरमाथा म्युजिक अवार्ड ०७६ लोकगायिका रमिला न्यौपानेले पाएकी छिन् । बाडुल्कि बोलको गितबाट उनले वेस्ट सिंगर अफ द यर फिमेल अवार्ड पाएकी हुन् । भोटिङ सिस्टमका आधारमा न्यौपानेले उक्त अवार्ड पाएकी हुन् ।

आयोजक टिम र आफूलाई भोटिङ गर्नुहुने सबैलाई गायिका न्यौपानेले धन्यवाद दिएकी छिन् । बिगत लामो समयदेखि लोकगितको क्षेत्रमा सक्रिय रमिलाले यसलाई आफ्नो मिहेनतको मुल्यांकन भएको बताएकी छिन् ।

गायक खुमन अधिकारीसँग गाएको पछिल्लो पटक सार्वजनिक उनको तीज गित घुम्रेकपालले निकै राम्रो सफलता पाएको थियो ।

 

११ आश्विन २०७६, शनिबार ०७:४१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस