|  

रिम्स नेपालको बिहानी परियोजना मार्फत बाख्रा वितरण

२४ मंसिर २०७६, मंगलवार १९:१४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरि धादिङ

धादिङको गजुरि गाउँपालिका वडा नं.५ र ६ मा रिम्स नेपालको बिहानी परियोजनाले उच्च जोखिम मा रहेका एकल महिला जेष्ठ नागरिक अपांगता भएका ब्यक्ति र खाद्य असुरक्षित बर्ग का वडा नं.५ को ९ घरधुरिलाई १ घरधुरी बराबर दुईका दरले १८वटा र वडा नं.६ को १७ घरधुरी लाई २ का दरले ३४ बाख्रा वितरण गरेको छ।जिबिको पार्जन सुधार गर्न टेवा पुर्याउने उद्देश्यले बाख्रा बितरण गरेको सामाजिक परिचालिका फुलमाया उपरकाेटिले बताउनु भयो ।साथै उक्त बाख्रा को इन्स्योरेन्स पनि रिम्स नेपालले नै गरिदिएको उहाँले बताउनुभयो । वडा नं.५ मा अध्यक्ष रामचन्द्र मिजारले र वडा नं.६ मा वडा अध्यक्ष अर्जुन भुजेलले बाख्रा बितरण गर्नुभएको थियोे ।

कार्यक्रममा वडा अध्यक्ष रामचन्द्र मिजार,वडा अध्यक्ष अर्जुन भुजेल ,रिम्स नेपालको फुलमाया उपरकाेटि,सुबेश ढकाल ,रकेस्ना बस्नेत सहभागी भएका थिए।हिजो मंगलबार वडा नं.४ मा पनि ४८ वटा बाख्रा वितरण गरिएको थियोे ।

२४ मंसिर २०७६, मंगलवार १९:१४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस