|  

धादिङमा सत्ता गठबन्धन दलहरुको बैठक सकियो , वडा तह सम्मै गठबन्धन गर्ने निर्णय

२५ चैत्र २०७८, शुक्रबार १४:२९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ । धादिङमा रहेका सत्ता गठबन्धनका दलहरुको बैठक गल्छि गाउँपालिकाको बैरेनी स्थित त्रिशूली विच रिसोर्टमा सम्पन्न भएको छ । बैसाख ३० गते हुने स्थानिय तहको चुनावी रणनीति तय गर्न गठबन्धनको बैठक बसेको हो । बैठकले स्थानिय तह निर्वाचनमा धादिङका १०४ वटै वडामा गठबन्धनबाट साझा उम्मेदवार उठाउने निर्णय गरेको छ । बैठकले अान्तरिक होवर्क गर्नको लागि गठबन्धन दलका ८ जना रहने गरि कार्यदल गठन गरेको छ ।आजको बैठकले १३ वटै पालिका,१०४ वटै वडा र जिल्ला समन्वय समिति सम्म तालमेल गर्ने, गठबन्धन दलको संयुक्त सचिवालय धादिङ वेशिमा खोल्ने र अर्को बैठक २८ गते धादिङ वेशिमा बस्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीको अध्यक्षमा सुरुभएको सत्ता गठबन्धनको उक्त बैठकमा नेपाली कांग्रेस को तर्फबाट नेताहरु दिलमान पाखृन , भिम प्र ढुंगाना , विश्व अर्याल माओवादी केन्द्रबाट शालिकराम जम्कटेल, दल ब बुर्लाकोटी, मनराज भण्डारी , दिपक लामिछाने र सम्भु कुमार श्रेष्ठ , नेकपा एकीकृत समाजवादी राजेन्द्र पाण्डे, गंगालाल तुलाधर , गुरु प्र बुर्लाकोटी, ईन्दिरा ढुंगाना र शुवास खतिवडा त्यसैगिर जनता समाजवादी बाट राजु नेपाल, बिर ब. तामाङ , राम ब. ढकाल, अर्जुन सापकोटा र अनिल अधिकारी लगायत मुख्य नेताहरुको उपस्थिति रहेको थियो । यस्ता छन् आजका निर्णयहरु :                                                             

२५ चैत्र २०७८, शुक्रबार १४:२९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस