|  

गजुरी गाउँपालिकाको आ.व. ०८०/८१ को नीति तथा कार्यक्रम र बजेट गाउँसभाबाट स्वीकृत

११ असार २०८०, सोमबार ०७:०९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम र बजेट आईतवार गाउँ सभामा पेश गरेको छ । गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले नीति तथा कार्यक्रम पेश गर्नु भयो भने उपाध्यक्षले आ. व. २०८०/०८१ को बजेट गाउँ सभामा पेश गर्नु भएको हो । गाउँपालिकाको वर्षे अधिवेशनमा पेश भएका नीति तथा कार्यक्रम र बजेट गाउँसभा बाट स्वीकृत भएको गजुरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत एवं गाउँसभाका सचिव राजु अधिकारीले जानकारी दिनुभयो । गजुरी गाउँपालिकाले आफ्नो नीति कार्यक्रममा गोरु पाल्ने किसानलाई अनुदान देखि स्थानिय उत्पादन र रोजगारी लाई जोड दिएको गजुरी गाउँपालिकाका अध्यक्ष गाणेशलाल श्रेष्ठले बताउनु भयो । आ. व. २०८०/८१ को लागि गजुरी गाउँपालिकाले कुल बजेट ५८ करोड ६१ लाख ७७ हजार ४ सय गाउँ सभामा पेश भई स्वीकृत गरेको गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विसुरालले जानकारी दिनुभयो ।

११ असार २०८०, सोमबार ०७:०९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस