|  

थाक्रे गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

३ श्रावण २०८०, बुधबार १६:४० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ : धादिङको थाक्रे गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

थाक्रे गाउँपालिका उपाध्यक्ष यन्त्र बहादुर थापा सहित कार्यपालिका सदस्य को उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत को कार्यकक्षमा तालाबन्दि गरेका हुन् ।

पालिका अध्यक्षको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतले अहिलेसम्म भएको बैठकको निर्णय सार्वजनिक नगरेको, नियमविपरीत आफुखुसी ठेक्का सम्झौता निकालेको र नियुक्ति नै नभएका करारका कर्मचारीहरुलाई तलबभत्ता खुवाएको कारण तालाबन्दी गर्न आफुहरु बाध्य भएको पालिकाका‌ उपाध्यक्ष यन्त्र बहादुर थापा जिन्दगीले जानकारी दिनु भयो ।

३ श्रावण २०८०, बुधबार १६:४०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस