|  

टोल टोलमै गएर सामाजिक सुरक्षा भत्ता वितरण-अध्यक्ष श्रेष्ठ

८ बैशाख २०८१, शनिबार २२:१३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गणेश पाण्डे
गजुरी/गजुरी गाउँपालिकाले टोल-टोलमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ ।

गजुरी गाउँपालिका अध्यक्ष,वडा अध्यक्षहरुको पहलमा जनताको घरदैलो र टोल टोलमा गैइ पन्जिकरण शाखाको सहजिकरणमा राष्ट्रिय बाणिज्य बैंकका प्रमुख एवं कर्मचारी,पालिकाका पञ्जीकरण शाखाका कर्मचारी जनप्रतिनिधिहरु टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएकाे हाे ।

गजुरीको सबै वडा वडामा गएको सामाजिक सुरक्षा वितरण गर्न थालिएको छ ।भौगोलिक रुपमा विकट भएकाले बैंकमा आएर सामाजिक सुरक्षा भत्ता बुझ्न अप्ठ्यारो हुने भएको हुँदा टोलटोलमै पुगेर भत्ता वितरण गरेको गजुरी ८ का वडा अध्यक्ष देवराज ओझाले जानकारी दिनुभयो।

जेष्ठ नागरिक, असाहय, अपाङ्ग, एकल महिलाहरुले पाउँदै आएको आर्थिक बर्ष २०८०/०८१को तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण गरिएको पन्जिकरण शाखाका प्रमुख सन्तोष सापकोटाले बताउनुभयो।

जनताहरुलाई सहज गर्नका निम्ति घरघरमै गएर भत्ता वितरण गर्न थालिएको हो। टोलमै भत्ता वितरण हुन थालेपछि बिशेषगरी अपाङ्गता भएका र ज्योष्ठ नागरीकहरुलाई सहज भएको राष्ट्रिय बाणिज्य बैंक गजुरीका शाखा प्रमुख कृष्णप्रसाद भट्टराईले बताउनुभयो।
/

८ बैशाख २०८१, शनिबार २२:१३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस