|  

शिक्षा क्षेत्रलाई परिणाममुखी बनाउने यस्ता छन् मुख्यमन्त्री जम्कटेलका योजना

१३ बैशाख २०८१, बिहीबार १६:१४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलले शिक्षा क्षेत्रको सुधारको लागि खरो रुपमा उत्रिएका छन् । मुख्यमन्त्री जम्कटेलले शिक्षा क्षेत्रको सुधारको लागि तिनै तहका सरकारले गर्नु पर्ने चार बुँदा उल्लेख गर्नुभएको छ । आज विहान सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पुरानै ढंगको शिक्षा नीतिले बेरोजगार उत्पादन गरेकोले अब शिक्षालाई व्यवहारिक र ब्यवसायीक बनाउनु पर्ने बताएनु भएको छ । मुख्यमन्त्री जम्कटेलले लेखेका छन्, ‘नेपालको शिक्षा क्षेत्रलाई आमुल परिबर्तन गर्न निम्न कार्ययोजना तयार गरी तिन तहको सरकारको सहकार्य मा कार्यान्वयन गरौ भन्ने मेरो सुझाब रहेको छ ।’ उनले चार बुँदामा यसरी लेखेका छन् ।
१.ग्रामिण क्षेत्रमा रहेका माध्यामिक तहका विद्यालयहरूलाई गाभ्ने र आवासिय मोडेलमा लाने ।
२. सि टी ई भि टी को नर्सिङ र ईन्जिनियरिङ सहितको पाठयक्रमलाई माध्यामिक तहको पाठयक्रमा अनिबार्य रूपमा समाबेश गर्ने ।
३. प्राबिधिक शिक्षा तर्फको उच्च शिक्षा अ्ध्ययन गर्न लिईने ( कृषि , स्वास्थ्य र ईन्जिनिरिङ) प्रबेश परिक्षा प्रणाली खारेज गर्ने ।
४. प्राबिधिक शिक्षा तर्फ को उच्च शिक्षा ( कृषि , नर्सिङ र डक्टर र ईन्जिनियरिङ ) अध्यान गर्न लगाईएको कोटा प्रणाली खारेज गरी भौतिक संरचना , प्राबिधिक क्षमता र मागको आधारमा पढाउने ब्यबस्था गर्ने ।
यसरी हेर्दा मुख्यमन्त्री जम्कटेलले मेडिकल र प्राविधिक शिक्षामा माफियाहरुको चलखेल रोक्न सक्ने र कोटा प्रणालीले पढ्नबाट बन्चित भएकाहरुलाई नेपालमै प्राविधिक शिक्षा लिन सक्ने गरि संघिय सरकारले पहल गर्नु पर्नेमा जोड दिनु भयो । शिक्षा नीतिमा भएको समस्यालाई तिनै तहको सरकारले नीतिगत सुधार गरि शिक्षालाई रोजगार मुखी बनाउनु पर्ने र स्वदेशमै दक्ष जनशक्ति उत्पादन गरि परिचालन गर्नु पर्ने बताउनु भएको छ । यि चार बुँदालाई हेर्ने हो भने बढ्दो बेरोजगारी उच्च शिक्षा अध्ययनको नाममा बाहिरीएको जनशक्तिलाई रोक्न सकिने देखिन्छ । नर्सिङ र डाक्टर बन्नको लागि लिने प्रवेश (इन्ट्रान्स) परिक्षाको व्यवस्था खारेज गरी नियमित उत्रिर्णताको आधारमा इच्छुकले पढ्न पाउनु पर्ने व्यवस्था गर्न संघिय सरकारलाई अग्रह गर्नु भएको छ ।
ग्रामिण क्षेत्रका विद्यालयहरुमा विद्यार्थी संख्या न्युन हुने भव्य महल भए पनि गुणस्तरीय शिक्षा पाउन सकेका छैनन् यस्तो अवस्थामा आवासीय मोडेलमा विद्यालय संचालन गर्नु पर्नेमा मुख्यमन्त्री जम्कटेलले जोड दिनु भएको छ । मुख्यमन्त्री जम्कटेलका यि चार बुँदे सुझावलाई हेर्नेहो भने शिक्षा क्षेत्रले बढ्दो बेरोजगारीको अत्यसँगै दक्ष जनशक्ति उत्पादनको लागि कोषेढुँगा सावित हुन सक्छ ।

१३ बैशाख २०८१, बिहीबार १६:१४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस