|  

आज सुनको मुल्या प्रतितोला १ लाख ३७ हजार ६०० रुपैयाँ

१६ बैशाख २०८१, आईतवार ११:५८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । साताको पहिलो कारोबार दिन सुनको भाउमा ४ सय रुपैंयाले वृद्धि भएको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ३७ हजार ६०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर १ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको छ ।

१६ बैशाख २०८१, आईतवार ११:५८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस