|  

धादिङको महादेववेशी र नौविसेमा बम फेला , सेनाद्धारा डिस्पोज

१३ जेष्ठ २०७६, सोमबार ०८:०१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


 

१३ जेठ, धादिङ
धादिङको धुनिवेशी नगरपालिकाको नौबिसे र थाँक्रे गाउँपालिकाको महादेबबेसीमा बम फेला परेको छ । जिल्लाको थाक्रे गाउँपालिका वडा नं ६ महादेबबेसीमा सोमबार बिहान १ः३० बजेतिर सकेट बम भेटिएको हो । महादेवबेंशी स्थित पुलमा फेला परेको प्रहरीले जानकारी दिएको हो ।
त्यस्तै धुनीबेसी नगरपालिका वडा नं ६ नौबिसेमा पनि प्रेसर कुकर बम भेटिएको छ । बिहान ५ः३० बजे भेटिएको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिए ।
दुबै ठाउँमा भेटिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । विष्फोट र विष्फोटक पदार्थ भेटिएका घटनाले सर्वसाधारण त्रसित छन् । विप्लप निकट नेकपाको बन्दका कारण सर्वसाधारण मर्कामा परेका छन् । सार्वजनिक सावारी साधनहरु चल्लन सकेका छैनन् भने बन्दका कारण सर्वसाधरणले सास्ती खेप्नु परेको छ ।

१३ जेष्ठ २०७६, सोमबार ०८:०१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस