|  

झगडा रोक्न खोज्दा दाजु पुलिस नियन्त्रणमा

१३ जेष्ठ २०७६, सोमबार १०:४० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


                           गजल
हामी सडक पेटिमा छौँ नेताजी कारमा हुनुहुन्छ,
हाम्लाइ रोकेर पठाइयोस उहाँ हतारमा हुनुहुन्छ।
कुरा धेरै भो काम भएन ए सरकार भन्दिनुस न,
जनता झुलाइ झुलाइ के गर्ने बिचारमा हुनुहुन्छ।
जवान छोराले बा सङ्ग पैसा मात्र डस्न खोज्यो,
बिचरा बा ॠणै ॠणको ब्यापारमा हुनुहुन्छ।
नेताको जस्तो जिन्दगी कर्मचारीको हुदैन नि,
जागिर त खानु भाछ तर करारमा हुनुहुन्छ।
झगडा रोक्न खोज्दा दाजु पुलिस नियन्त्रणमा,
यस्तो छ कानुन उहाँ आज कारागारमा हुनुहुन्छ।

 

रुपक ढुंगाना
गजुरी-८, धादिङ
१३ जेष्ठ २०७६, सोमबार १०:४०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस