|  

किरान्चोक मा सामुदायिक स्वास्थ्य इकाइ को उद्घाटन

१५ जेष्ठ २०७६, बुधबार २१:३५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बिक्रम अधिकारी जेठ १५, धादिङ

गजुरी गाउँपालिकाद्वारा अाफ्ना ८ वटै वडामा स्वास्थ्य इकाईकाे शुभारम्भ गरि नागरिकलाई स्वास्थ्य सेवा पुर्याउने प्रतिबद्धता पूरा भएकाे छ । साविकका गा.वि.स. स्तरिय स्वास्थ्य चाैकीलाई समेत एक वडा एक स्वास्थ्य संस्थाकाे रुपमा राखी बाँकि सबै ५ वटा वडामा यस अार्थिक वर्षमा गजुरी गाउँपालिकाले अाफ्नै श्राेत र साधनमा सामुदायिक स्वास्थ्य इकाईकाे स्थापना गरेकाे हाे । यसै क्रममा एक समाराेहका बीच वडा नं. ७ काे पेटारेमा गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले बुधबार स्वास्थ्य इकाईकाे उद्धाटन गर्नु भएकाे हाे ।

उक्त स्वास्थ्य इकाइ सन्चालन मा आएपछी माथिल्लो किरान्चोक का साबिक को ५,६ र ७ नम्बर वडाका नगारिक लाभान्वित हुने गजुरी गाउँपालिका का आइटी अफिसर बिबेक नेपाल ले बताउनु भयो। कार्यक्रम मा गाउँपालिका अध्यक्ष बस्नेत सङ्गै ७ नम्बर वडाका वडा अध्यक्ष केशब अधिकारी लगायत स्थानिय बासिन्दा को उल्लेख्य सहभागिता रहेको थियो। यस सँगै गाउँपालिकाकाे सबै वडामा अाधारभूत स्वास्थ्य सेवा पुगेकाे छ ।

१५ जेष्ठ २०७६, बुधबार २१:३५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस