|  

बिद्यार्थी भिसामा अष्ट्रेलिया पुगेर काम पाईएन भन्नु कत्तिको लाजमर्दो कुरा हो ?

१६ जेष्ठ २०७६, बिहीबार १०:५८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


        यतिबेला उच्च शिक्षा अध्यानको लागी भन्दै अष्ट्रेलिया जाने नेपाली बिद्यार्थीहरुको होडबाजि चलेको छ । जसरि अष्ट्रेलिया उच्च शिक्षा अध्यानको लागि जाने फेसन रहेको छ, त्यसरीनै आँफुहरु पीडामा परेको भन्दै मिडियामा आउने बिद्यार्थीको शङख्यामा पनि कमि छैन । केहि दिन पहिले नेपालको टेलिभिजनको ईतिहासमा राम्रै नाम कमाएका पत्रकार रबि लामिछाने अष्ट्रेलिया पुग्दा त्हाँ उच्च शिक्षा अध्यानकोे लागि पुगका हजारौ बिद्यार्थी पीडामा रहेको रहस्य बाहिरियो । पत्रकार रबिले एउटा स्टेज कार्यक्रम सञ्चालन गरि रहेका बेला रबिलाई रातको ११ बजे पछि ट्रेनमा सुतेर रात बिताएका बिद्यार्थीको पीडा बुझन आग्रह गरियो । अध्यानको शिलशिलामा त्हाँ पुगेका नेपालीको अबस्था देख्दा दया लाग्नू स्वभाबिक भएपनि दैनिक १ घण्टा मात्र सुत्ने कुरा सुन्दा अचम्म लाग्यो ।

नेपालबाट अष्ट्रेलिया पुगेपछि १८–२० लाख सम्म आम्दानी हुन्छ भन्दै आँफ्नो परिबारको करोडौ समपती (जग्गा,अन्य जिन्सी,नगद)पूंजी देखाएर मलाई अष्ट्रेलिया पढ्न जादै गर्दा जस्तो सुकै कठिनाइ आईपरेपनी सहजै सामना गर्न सक्छु भनी औठा छाप लगाएको ति ट्रेनमा सुत्ने बिद्यार्थीले बिर्सनु भए जस्तो छ । अष्ट्रेलियामा म काम गर्नको लागि होइन पढ्न जाँदै छु, मेरो जिन्दगीको लक्ष्य अनुसारको पढ्नको लागि अष्ट्रेलिया जस्तो अरु कुनै देश देखिन,मैले अष्ट्रेलियामा अध्ययन सकेपछि आफ्नै देशमा फर्किन्छु र केही गर्छु भन्दै आफैले लेखेको कुरा बिर्सेर आज आम मिडियामा आएर काम नै पाईदैन,सोचेजस्तो छैन ,कम पैसामा काम लगाउछ्न भन्दै आरोप लगाउनु कतिको उचित हुन्छ???

कन्सलटेन्सी लाई कुनै आरोप नलगाउदा हुन्छ हजुरहरुकै सेवाका लागि खोलिएका हुन । कुनै पनि कन्सलटेन्सीले हजुरहरुलाई जर्बजस्ती तानेर अष्ट्रेलिया पठाएको छैन र पठाउदैन पनि । आफ्नो राम्रो अङ्क नपुग्दा नपुग्दै पनि मलाई जसरी पनि अष्ट्रेलिया जानू छ प्रोसेस गर्दिनु भन्ने हजुरहरु नै हो । त्यसैले कुन भिषामा जानू भएको हो त्यो भिषाको कदर गर्नुहोला ।

जानेबेलामा चाही अध्यान भिजाकोे छाप लगाएर जाने, अनि उल्टै त्यहा कलेज फि र होस्टेल फि पनि मेरो बाउ ले नेपाल बाट नै कमाएर पठाएर मजाले तिर्दिन सक्छ्न भनेर दायाँ बायाँ सहिछाप लगाएर जाने, अनि अहिले चाही दुख पाइयो,पैसा कमिएन,४०र५० लाख डुब्यो कन्सलटेन्सीले डुबायो भन्दै बकबास गफ गर्न पाइन्छ ? उल्टै सरकार दोसि रे, त्यहा पैसा कमाउन गएको हो कि उच्च शिक्षा अध्यन गर्न ? पैसानै कमाउन जाने हो भने कामदार भिजामा जानुपर्ने होइन र ?

हाल अष्ट्रेलियामा एक लाख भन्दा बढी नेपाली बिद्यार्थी रहेका छन । पछिल्लो बर्ष २०१७–१८ लाई हेर्दा ९३ हजार ८ सय भन्दा बढी बिद्यार्थी अष्ट्रेलियमा रहेका छन । त्यस्तै यत बर्ष २०१६–१७ मा ५० हजार र बर्ष २०१५–१६ मा ३२ हजार बिद्यार्थी अष्ट्रेलिया पुगेका थिए ।

सुस्मा कंडेल एक काउनसिलर हुन । उनले अष्ट्रेलिया, जापान, क्यानडा लगाएत अन्य युरोपियन देशमा जाने बिद्यार्थीलाई परार्मश दिने गर्दछिन ।

१६ जेष्ठ २०७६, बिहीबार १०:५८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस