|  

नेपाल आइडल सिजन २ का कान्छा प्रतियोगी कृशल कडेल को गित युट्युब बाट एकाएक गायब, यस्तो छ उनको प्रतिक्रिया

१८ जेष्ठ २०७६, शनिबार ०९:४२ प्रकाशित
बिक्रम अधिकारी


जेठ १८, धादिङ
नेपाल आइडल सिजन २ का कान्छा प्रतियोगी कृशल कडेल को “ओढेर घुङ्घट” गित को भिडियो युट्युब बाट एकाएक डिलेट भएको छ। आफ्नो पहिले गित डिलेट भएपछी उनले दु:ख व्यक्त गर्दै यस्तो प्रतिक्रिया दिएका छन।
“आज अत्यतै दुखि छु! ! गीत सङ्गीतमा आफ्नो भबिष्यमा खोज्दै सानै देखि यो क्षेत्रमा लागे, नेपाल आइडलमा सहभागी भए सङ्गै दर्शक-
श्रोताहरुको अपार माया र सहयोग पाएर केहि हदसम्म आफ्नो सपना साकार पार्ने बाटो भेटेको महसुश भयो! मेरो परिवारले मलाइ यो क्षेत्रमा लाग्नको लागि पुर्ण रुपमा सहयोग र समर्थन गर्नु भयो जसको कारण मेरो पहिलो गीत ‘ओढेर घुङ्घट’ र भिडियो बजारमा ल्याउन सफल भए उक्त मेरो भिडियोलाइ केहि सर्तहरु सहित मौखिक सहमतिको आधारमा “डिभाइन म्युजिक ” बाट सार्बजनिक गर्ने निर्णय भयो। भिडियो सार्बजनिक भए सङ्गै फेरि दर्शक श्रोताहरु बाट पाएको प्रतिकृया र अपार माया देखेर म अत्यन्तै हर्सित थिए र छु पनि।
साङ्गितिक दुनियामा अझ अगाढि बढ्न थप उर्जा मिलेको महशुस गरेको थिए। छोटो समय मै भिडियो लगभग २४ लाख पटक हेरिएको थियो! तर केहि दिन अगाडि अचानक मेरो भिडियो युट्युबबाट गायब भएछ । जुन कुरा मलाइ डिभाइन म्युजिक बाट आधिकारिक रुपमा जानकारि हुनुपर्ने तर बिडम्बना मैले अरु नै मेरा शुभचिन्तकहरु बाट थाह पाएर युट्युबमा सर्च गरेर हेर्दा भिडियो भेटिएन।
मलाइ आकाश खसेको जस्तो अनुभुति भयो, अब के गर्ने मैले सोच्नै सकिन, कसरि यस्तो भयो त्यो पनि मलाइ थाहा छैन, तर यो घटना ले मलाइ अत्यन्तै मर्माहत बनायो, म यो क्षेत्रमा अगाडि बढ्न हतोत्साहित जस्तै भए ! केहि दिनको सन्नाटा पछि मैले मेरो भिडियो आफ्नै च्यानल खोलेर रि-अप्लोड गर्ने निर्णय गरे ! म आफैलाइ थाहा छैन किन र कसरि मेरो भिडियो युट्युब बाट गायब भयो । अब न्याय खोज्न काहा जाउ?? तर फेरि मेरो आफ्नै च्यानल बाट हालेको यो भिडियोलाइ हेरेर माया गरिदिनु होला! ! मलाइ प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने सबैमा हार्दिक धन्यबाद भन्न चाहान्छु” !

१८ जेष्ठ २०७६, शनिबार ०९:४२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस