|  

आज अन्तिम खेल खेल्दै वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाल

२२ बैशाख २०८१, शनिबार ०७:३२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले टी–२० शृंखलाअन्तर्गत आज अन्तिम खेल खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पाँचौं खेल १२:१५ बजेबाट सुरू हुने छ।

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिजले एक खेलअगावै शृंखला ३-१ ले जितिसकेको छ। यो शृंखलामा नेपालले लगातार तेस्रो हार व्यहोरेको हो।

नेपालले गत शनिबार पहिलो खेलमा वेस्ट इन्डिजलाई ४ विकेटले पराजित गरेको थियो। त्यसपश्चात आइतबार दोस्रो खेलमा १० रन, बुधबार भएको तेस्रो खेलमा ७६ रनले नेपाल पराजित भएको हो।

 

२२ बैशाख २०८१, शनिबार ०७:३२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस