|  

खुमन अधिकारी र रमिला न्यौपाने को “बाडुल्की” सार्वजनिक, भिडियो सहित

१८ जेष्ठ २०७६, शनिबार १७:११ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ – खुमन अधिकारी र रमिला न्यौपाने को आवाजमा नयाँ गीत “बाडुल्की” सार्वजनिक भएको छ । खुमन र रमिलाको जोडि नेपाली सांगेतिक बजारमा एकदमै फापेको जोडि पनि मानिन्छ । पछिल्लो सनय दुबै जनाले गाएका गीत एकदमै रुचाइएका छन ।

दर्शक श्रोताको मन मुटुमा बस्न सफल सो जोडिको गीत बाडुल्कि मा शब्द सिर्जना बाबुराम बोहोरा को रहेको छ भने गीतको संगीत खुमन अधिकारि कै रहेको छ।

पछिल्लो समयका चर्चित निर्देशित प्रकाश भट्टको निर्देशनमा तयार भएको सो गीतमा सुन्दरी मोडल अनु पराजुली र खुमन अधिकारीकै उत्कृष्ट अभिनय देख्न सकिन्छ।

तिर्सना म्युजिक प्रा.लिको पस्तुतीमा तयार भएको सो गीत भिडियो लाई राजेश घिमिरे ले छायांकन गरेका हुन भने भिडियो लाई बिष्णु शर्माले सम्पादन गरेका छन ।

भिडियो हेर्नुहोस…

१८ जेष्ठ २०७६, शनिबार १७:११  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस