|  

थानेश्वर गौतम को जय जय बागलुङ काली बजारमा

१ असार २०७६, आईतवार १८:१४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


wflbª

नेपाली शास्त्रीय गजल गायनमा फरक प्रभाव जमाउँदै नेपाली मौलिक गीत सालैजो, रोइला ,पञ्चेबाजा ,चलचित्र जुन सुकै बिधामा उतिकै सफल गायक थानेश्वर गौतमले दर्शक तथा श्रोताका लागि नयाँ कोसेली लिएर आएका छन् ।

जस्तासुकै गीत पनि गाउन सक्ने मेलोडियस गायक भनेर परिचय बनाएका गौतमले यसपटक भने शास्त्रीय शैलीमा तयार भएको भजन नयाँ कोसेली ल्याएका हुन् । स्वर/संगीत: थानेश्वर गौतम, शब्द प्रभा बर्तौला को रहेको यो भजन को भिडियो बाग्लुङ कालीका मन्दीरमै गएर तयार पारिएको छ । उक्त गीतको भिडियो छायांकन सुजन बजगाईं, राजन के सी र रोबिन घिमिरे ले गरेका हुन् त्यसैगरी भिडियो सम्पादन सुरेश राउत गरेको हो भने निर्देशन सोहि गाएक थानेश्वर गौतम आफैले गरेका हुन् ।

हेर्नुस् भिडियो:

१ असार २०७६, आईतवार १८:१४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस