|  

बेनिघाट रोराङ को पाँचौ गाउँसभा सम्पन्न

१० असार २०७६, मंगलवार १४:०४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ -बेनिघाट रोराङ गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले मंगलबार आर्थिक वर्ष ०७६ र ७७ का लागि कुल ५६ करोड, ७८ लाख ५७ हजार बजेट विनियोजना गरेको छ ।
जसमा चालु खर्च तर्फ २५ करोड ४८ लाख १६ हजार र पूजी खर्च तर्फ ३१ करोड ३० लाख ४१ हजार बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले पूर्वाधार निर्माण र सेवा क्षेत्रमा सुधारलाई मुख्य प्राथमिकतामा राखि नीति तथा कार्यक्रम निर्माण गरिएको अध्यक्ष पित्तबहादुर डल्लाकोटीले जानकारी दिए ।
गाउँपालिकाले जनताको आयस्रोत बृद्धि, खाद्य सुरक्षा, स्वाच्छ खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार विकास र सुशासनलाई मुख्य आधार मानेर बजेट विनियोजन गरिएको छ ।
शिक्षातर्फ विद्यालयहरुको नक्शाङकन, शिक्षक विद्यार्थी अनुपात, शैक्षिक गुणस्तर समेतको अध्ययन गरी विद्यालय एकिकरण, कक्षा घटुवा तथा शिक्षक दरवन्दी मिलान गरिने, अति विपन्न वालवालिकाहरुलाई शैक्षिक सामग्री, विद्यालय पोशाक आदिको व्यवस्थापनमा सहयोग गर्ने बताइएको छ ।
प्रत्येक वडामा प्रसुति सेवासहितको स्वास्थ्य संस्था स्थापना गरिने, नेपाल सरकारबाट निःशुल्क प्रदान गरिने औषधीहरु सबै गाउँबासीहरुको सरल र सहज पुहँचमा पु¥याइने कार्यक्रम तय गरेको छ । त्यस्तै एक घर एक धारा निति ल्याई सबैलाई खानेपानीको पहुँच पु¥याईने उपाध्यक्ष देबी प्रसाद सिलवालले बताए ।
युवाहरुलाई लक्षित गरि खेलकुदको कार्यक्रम अगाडि बढाईने, कृषि क्षेत्रमा स्वरोजगारको व्यवस्था तथा विषादी रहित खेतीका लागि किसानहरुलाई आकर्षण गराउन कार्यक्रमहरु तय गरिएको छ ।

१० असार २०७६, मंगलवार १४:०४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस